४ राउण्ड हवाई फायर गरी खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
931
SHARES

७ असोज नेपालगंज । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजले बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १३ स्थित क्षेत्रबाट ४ राउण्ड हवाई फायर गरी ठूलो परिमाणमा खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोको विशेष टोलीले नियन्त्रणमा लिने क्रममा स्थिति असहज बनेपछि ४ राउण्ड हवाई फायर गरेर उनलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, बहराईच जिल्ला, रुपैडिया थाना, चकिया रोड बस्ने २४ वर्षीय नदीम राई रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम लागु औषध खैरो हेरोइन र उनले प्रयोग गरेको एक थान मोटरसाइकल बरामद गरिएको छ।पक्राउ परेका भारतीय नागरिक राईलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।