दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १२ २०८३
855
SHARES

१२ असोज काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  सोमबार साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो। खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरिएको थियो। सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो।