जबरजस्तीकरणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १४ २०८३
456
SHARES

१४ आश्विन काठमाडौं । पाँचथरमा २९ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुम्बेवा गाउँपालिका-५ बस्ने ४४ वर्षीय जीवन राई छ । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

जीवनले ती महिलालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।