‘पाँच पाण्डव’मा द्रोपदी बन्दै इभा गिरी
२१ आश्विन काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरमार्फत द्रोपदी सार्वजनिक गरेको छ । रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिने प्रयास गरेको छ । पोस्टरको पृष्ठभूमिले ‘पाँच पाण्डव’का मुख्य पात्रलाई रि–कल गर्ने प्रयास गरेको छ । ‘पाँच पाण्डव’को फर्टलुक पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, भीम जितु नेपाल, अर्जुन आर्यन सिक्देल, नहकुल महेश त्रिपाठी र सहदेव सुशील सिटौला बनेका थिए ।
निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी रुप दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । तिहारको छेको पारेर कार्तिक २० गतेदेखि रिलिज हुनेछ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन रहनेछ ।