हामी १५० जना उद्धारको प्रखाईमा छौं – ट्रेकिंग गाईड नविन खड्का
२५ असोज काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आज बिहान आएको भीषण आकस्मिक बाढीले सल्लेरी बजार र आसपासका क्षेत्रमा ठूलो वितण्डा मच्चाएको छ। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङको बीचमा गएराति सुख्खा पहिरो खसेर नदी थुनिएपछि आज बिहान लेदोसहितको ठूलो बाढी आएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन प्राधिकरण (NDRRMA)ले जनाएको छ। बाढीका कारण सल्लेरी बजार र जलविद्युत आयोजनाको क्याम्प पूर्ण रूपमा बगाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार बाढीको पूर्वसूचना पाएलगत्तै मानिसहरू ज्यान जोगाउन अग्लो डाँडा तथा सुरक्षित स्थानतर्फ भागेका थिए। हाल सल्लेरी क्षेत्रमा करिब १५० जना रहेको ट्रेकिंग गाइड नविन खड्काले सुरक्षित उद्धारको पर्खाईमा रहेको क्यापिटल हेडलाईनसॅंग बताए । नदीको बहाव निरन्तर परिवर्तन भइरहेको र विभिन्न स्थानमा झोलुङ्गे पुलहरू भत्किएका कारण उनीहरू सुरक्षित स्थानमा रोकिएर सरकारी तथा सुरक्षा निकायको उद्धार टोली कुरिरहेका छन्।