हिन्दी जासुसी फिल्मको जस्तो, कतिबेला के गर्छ थाहा छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८३
513
SHARES

२१ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूहरूलाई सरकारबाट अपदस्त गरिएको बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ३५ वर्षमा केही भएन भन्ने विवेकहीन भाष्य बनाइएको बताए।

उनले भने, ‘जसले गणतन्त्र, सङ्घीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन। तपाईँहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।’ ३५ वर्षमा भन्ने विवेकहीन, अराजक, निरङ्कुश प्रवृत्ति राज्यमा हाबी भएको बताए। बालेन सरकारको काम कारबाही हिन्दी जासुसी फिल्मको जस्तो भएको टिप्पणी गरे।

प्रचण्डले थपे, ‘तपाईँहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ। कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन।’

गणतन्त्र र सङ्घीयता ल्याउने, पूर्वाधार र ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले बदमास र अपराधी चित्रण गरिएको भन्दै आपत्ति जनाए। आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध लड्दा बिचौलियाले हराएकै कारणले देश दुर्घटनामा परेको स्मरण गरे।

उनले थपे, ‘हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ। यो संविधानको मर्म विपरीत पनि छ, लोकतन्त्रको मर्म विपरीत पनि छ। अब जाने भयो दुर्घटनामा भनेर खबरदारी गर्दागर्दै गयो। गर्दागर्दै गईपो हाल्यो। अब अहिले त अनौठो खालको सरकार हामीले भोगेका छौँ।’