सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं – सभापति थापा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
703
SHARES

१३ मंसिर काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ।

उनी भन्छन्, ‘सबैको सम्पति विवरण । हामी त थयार भयौं । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौं ।’

यो कुरा जनताकहाँ जाँदा प्रष्टसँग भन्न पनि उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।अनुसन्धान गर्दै गर्दा त्यो अनुसन्धान कानुन बमोजिम हुनुपर्ने पनि उनको भनाइ छ । ‘अनुसन्धान कानुनअनुसार हुनुपर्छ । सरकारका निकायहरू कानुनअनुसार चल्नुपर्छ’, उनले भने । कोही कांग्रेस छ र गलत गरेको छ भने त्यसमा कारबाही हुनुपर्छ भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै कांग्रेस रहेको र गलत नगरेको अवस्थामा समेत दु:ख दिने नियत राखिए स्वीकार्य नहुने उनले बताए ।

यही कुरा रास्वपाको हकमा पनि लागू हुनुपर्ने उनले बताए । कुनै नेता, मन्त्रीका बारेमा केही आयो भन्दैमा दोषी नहुने तर गलत गरेको छ भने जो कोही भएपनि कानुनअनुसार अनुसन्धान भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरे । यही सन्देश लिएर जनतामा जान उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।