ड्यूटी छाडेर प्रदर्शनमा उत्रिए नर्स- न्यूनतम तलब र नर्सिङ सुधार रोडम्यापको माग


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०८३
608
SHARES

१८ साउन काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरू गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राखेका छन् । १५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाऊ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔँ-स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि सरकारले गरेका सम्झौता र बाचा पूरा नभएको भन्दै नर्सहरू थप आक्रोशित बनेका छन् ।