राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ४ २०८३
380
SHARES

४ आश्विन विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’

उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए । उनलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले बताए ।