पुष्प र प्रशंसाले सुरु गरे ‘सिन्दूर’ को छायांकन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
418
SHARES

१६ आश्विन काठमाडौं । फिल्म ‘सिन्दूर’को छायांकन आजबाट सुरु भएको छ। दाङबाट फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले बताएको छ।फिल्ममा अभिनेता पुष्प खड्का र प्रशंसा रायमाझीको जोडीलाई पर्दामा हेर्न पाइनेछ। एक महिनाको सेड्यूल तयार गरेर छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ। यस फिल्ममा लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको छ। लक्ष्मणले यसअघि निर्देशन गरेका ‘बुलाकी र ‘परालको आगो’ चर्चामा थिए।

सञ्जीव सार्कीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्। संकल्प भुजेलको छायांकन रहने यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करणबहादुर साउदको मुख्य सहायक निर्देशन र रामजी लामिछानेको नृत्य निर्देशन रहने भएको छ।

कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मले सामाजिक कथावस्तुलाई उठान गरेको छ। एक महिलाका लागि सिन्दूरको महत्त्व कति छ भन्ने कथालाई यो फिल्मले उठान गर्नेछ।