नाना पाटेकरको निधन
२२ आश्विन काठमाडौं । ‘ओ’रोमियो’ बलिउड अभिनेता नाना पाटेकरको अन्तिम सिनेमा बनेको छ । नाना पाटेकर अन्तिमपटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर ‘ओ’रोमियो’मा देखिएका थिए ।
उक्त चलचित्रमा शाहिद कपूर र तृप्ति डिमरी ‘ओ’रोमियो’को मुख्य भूमिकामा थिए । फेब्रुअरी २०२६ मा रिलिज भएको यो चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्यूरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।
पाटेकरको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरेका थिए ।