स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३
551
SHARES

२३ असोज काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा ५ जनाको निधन भएको छ ।प्रहरीका अनुसार चारजना विद्यार्थी र एक सर्वसाधारणको ज्यान गएको हो । उनी बसमा लिफ्ट मागेर गएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी विरेन्द्र कुमार पासवानले बताए ।

पोखरा महानगरपालिका-२८ माइलथानबाट कालिकातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो ।

घाइतेहरुलाई उपचारका लागि खरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।