नेप्से १७.१५ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३
342
SHARES

२३ असोज काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन शुक्रबार (असोज २३) दोहोरो अंकले बढेको छ । यस दिन नेप्से सूचक १७.१५ अंक अर्थात् ०.६६ प्रतिशतले बढेर २५९१.१५ विन्दुमा बन्द भएको छ । बिहीबार नेप्से सूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको थियो ।आज सबै उपसमूहको परिसूचकमा हरियाली छाएकाे छ । कुल ३५३ कम्पनीको एक करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँ पुगेको छ । कुल ५२ हजार ४४ पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यसदिन १८० कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८९ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबैभन्दा बढी कमाउने कम्पनीमा कुथेली बुखारी हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावर रहेका छन् । यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा रिड्जे लाइन इनर्जी, ९ प्रतिशतको आईसीएफसी फाइनान्स र १० प्रतिशतको प्राइम डिवेञ्चर २०८८ रहेको छ ।