नेकपा केन्द्रीय संयोजन समितिबाट ७ वटा एजेन्डा पारित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३
380
SHARES

२३ असोज काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका एजेन्डा पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले विभिन्न एजेन्डा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकले छलफलका लागि  ७ वटा एजेन्डाहरू पारित गरेको छ।

१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व

२.जन जागरण तथा सङ्गठन सुदृढीकरण अभियान

३. महाधिवेशन र अधिवेशनहरू बारे

४. केन्द्रीय कार्य समिति गठन र बैठक

५. केन्द्रीय सचिवालय गठन तथा बैठक

६. कार्य विभाजन

७. विविध