सङ्घीयताबारे भ्रम फैलाइयो – मुख्यमन्त्री शाही


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
304
SHARES

२७ असोज विराटनगर । अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ विराटनगरमा शुरु भएको छ । ६ प्रदेशका मुख्यमन्त्रीले संयुक्त रुपमा सम्मेलन उद्घाटन गरे ।उद्घाटन मन्तव्य राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयता आएपछि देशमा महत्वपूर्ण उपलब्धी हासिल भएको भए पनि भ्रम फैलाइएको बताए ।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले सबै जनताको आकाङ्क्षा पुरा नभएकाले त्यसैमा टेकेर भ्रम फैलाइएको बताए । उनले भने, ‘पूरा हुन नसकेका जनअपेक्षालाई टेकेर भ्रम उत्पन्न गराईएको छ ।’ ‘भ्रम चिर्न हामीले अझै मेहनत गर्न जरुरी छ,’ उनले भने, ‘सङ्घीयता कार्यान्वयनमा गएपछि धेरै उपलब्ब्धी हासिल भएको छ र यही उपलब्धीलाई तथ्यका आधारमा प्रचार गरेर भ्रम चिर्न सकिन्छ ।’

उनले सङ्घीयता बलियो बनाउन अन्तर प्रदेशको सम्बन्ध बलियो हुनुपर्ने बताए । विकास पूर्वाधारका कुरा अगाडि बढेको बताए । उनले झै जनताका आकाङ्क्षा पूरा हुन नसकेको बताए । उनले अपेक्षाकृत सम्बन्धामा भएका कमी कमजोरी हटाएर सङ्घीयता बलियो बनाउन लाग्नु पर्ने बताए । उनले विकासका सम्भावना खोजी गर्न कर्णाली प्रदेश तयार रहेको बताए ।