राजधानी सार्नुमात्रै संघीयता होइन – मुख्यमन्त्री थापा
२७ असोज विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जलवायु परिवर्तनका कारण निम्तिएको विपद् समाधानमा सबै प्रदेशका बीचमा समन्वय र सहकार्य हुनुपर्ने बताएका छन । अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले यो समस्या कुनै एक प्रदेशको मात्र नभई सिंगो देशकै साझा संकट भएको बताए । उनले विपद व्यवस्थापनमा सातै प्रदेशको सहभागितामा ‘एकीकृत अन्तरप्रदेश विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न प्रस्ताव गरेका छन् ।
उनले विपद् व्यवस्थापन, आर्थिक एकीकरण र संघीयताको व्यावहारिक सबलीकरणका लागि अन्तरप्रदेशीय सहकार्य अनिवार्य भएको बताए ।उनले सिंहदरबारको अधिकार प्रदेशको राजधानी सार्नुमात्र संघीयता नभएको बताए । थापाले संघीयताको परिकल्पना राजनीतिक, प्रशासनिक शक्ति र स्रोतको तृणमूल तहसम्म विकेन्द्रीकरण गर्नु रहेको स्पष्ट पारे।