५० लाख रुपैयाँभन्दा बढी रकमसहित काठमाडौंको होटेलबाट युवकयुवती पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८३
114
SHARES

१० मंसिर काठमाडौं । ५० लाख रुपैयाँभन्दा बढी रकमसहित काठमाडौंको एक होटेलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार (मंसिर ९) दिउँसो करिब १ बजे ठमेलस्थित स्नोलाइन होटेलबाट स्रोत नखुलेको उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगिथ इब्राहिम छन् । ५० लाख ५० हजार नेपाली रुपैयाँ, ओमान रियाल चार हजार २१५ र अरब दिराम ५५ सहित उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।

उक्त होटेलमा स्रोत नखुलेको अवैध रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरको टोली पुगेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।