इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८३
190
SHARES

१० मंसिर काठमाडौं । इजिप्टको राजधानी कायरोमा बुधबार राति तेल ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ व्यक्ति घाइते भएका छन्।इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इन्धन ट्यांकर सडकमा पल्टिएपछि आगलागी भएको थियो भने अन्य धेरै सवारीसाधन पनि जलेका छन्। दुर्घटनास्थल तेल ट्यांकर अनियन्त्रित भएर पल्टिँदा ठुलो विस्फोट भयो र आगो फैलियो। जलिरहेका सवारीसाधनमा फसेका मानिसहरूलाई उद्धार गरिएको थियो। दुर्घटनास्थल कायरोको वराक क्षेत्रको रिङ रोडमा दुर्घटना भएको हो।  सार्वजनिक भिडिओमा दुर्घटनास्थलमा ​​उच्च ज्वाला र धुवाँको मुस्लो देखिन्छ।

आगो यति तीव्र थियो कि नजिकै पार्क गरिएका धेरै सवारीसाधन पनि नष्ट भएका छन्।  यद्यपि अधिकारीहरूले आगलागीको एकिन कारण पत्ता लागिनसकेको बताएका छन्।

राज्य सञ्चालित अल-अहराम अखबारले अनुसन्धान सम्बद्ध स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘एक निजी ठेकेदारको स्वामित्वमा रहेको ट्यांकर राजमार्गमा गुडिरहेका बेला अगाडि उच्च भोल्टेजको बिजुलीको तार खस्यो। अनि चालकले नियन्त्रण गुमाए र डिभाइडरमा ठोकिँदै ट्यांकर पल्टियो। त्यसपछि आगो लाग्यो।’