इरानमाथि आक्रमण वा भव्य सम्झौता हुन सक्छ – ट्रम्प


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८३
133
SHARES

८ कार्तिक काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारसम्म इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने वा तेहरानसँग ठूलो र भव्य’ सम्झौता हुन सक्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताए ।

उनले आक्रमण गर्नेबारे अन्तिम निर्णय भइसकेको छ वा छैन भन्ने स्पष्ट पार्न अस्वीकार गरे । यद्यपि, उनले इरानसँग कूटनीतिक सम्झौता गर्ने सम्भावना पनि खुला रहेको संकेत गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले सैन्य कारबाहीबारे विचार गरिरहेको बताए । तर, आक्रमण गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छ कि छैन भन्ने खुलाउन अस्वीकार गरे । इरानले सम्भावित सम्झौता पालना गर्छ कि गर्दैन भन्नेमा पनि उनले आशंका व्यक्त गरे ।

इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु आफ्नो मुख्य उद्देश्य रहेको ट्रम्पको भनाइ थियो । यसअघि भएका अमेरिकी सैन्य कारबाहीले स्थायी नतिजाको सुनिश्चितता नगरेको उल्लेख गर्दै उनले आगामी कदमबारे निश्चित समयसीमा भने तोकेनन् ।अनुसार अमेरिका सैन्य कारबाही अघि बढाउने वा सम्झौता गर्ने विकल्पमध्ये एकमा जान सक्छ ।