राजलाई न्यायिक हिरासत पठाइयो
१२ साउन मुम्बई । आज बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई न्यायिक हिरासत पठाइएको छ । अश्लील फिल्म निर्माण, बिक्री तथा प्रदर्शनको मुद्दामा प्रहरी हिरासतमा रहेका उनलाई थप १४ दिनका लागि न्यायिक हिरासत पठाइएको हो ।
मंगलबार बम्बे उच्च अदालतले राजलाई थप १४ दिन न्यायिक हिरासतमा राख्ने निर्णय लिएको हो । जुलाई २० सोमबार प्रहरीले पक्राउ गरेका उनको हिरासतको अन्तिम म्याद २७ जुलाईसम्म थियो ।
राजका वकिलहरूले उनको जमानतका लागि पहल गरेपनि मुम्बई प्रहरीको क्राइम ब्रान्चले हिरासतको म्याद थप्न अदालतसँग बारम्बार अनुरोध गरिरहेको थियो ।
थप अनुसन्धान र बयानको आवश्यकता परेको भन्दै क्राइम ब्रान्चले राजलाई अझै हिरासतमा राख्न माग गर्दै आएको थियो ।