तीनजना १८४ किलो चरेससहित पक्राउ
२७ कात्तिक चितवन । रत्ननगर इलाका प्रहरी कार्यालयले आज १८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४, शान्तिचोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नम्बर-१५ निवासी उद्धव अधिकारीले गोदामका रूपमा प्रयोग गर्दै आएका थिए ।
गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा च्यवनप्रासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । रासस