‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २० २०७८
10.4K
SHARES

२० पुस काठमाडाैं। ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत् काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।