बलात्कार गरेको आरोपमा कांग्रेस नेता कोइराला पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ४ २०७८
10.2K
SHARES

४ माघ विराटनगर। नेपाली कांग्रेस प्रदेश नम्बर १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।बुढीगंग गाउँपालिका-१ टंकिसनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको हो।

सोमबार जिल्ला अदालत मोरङमा ‘जबरजस्ती करणी गर्ने उद्योग’मा पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जनाकारी दिए।

कोइरालाले बाथरुम गएकी बालिकालाई शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ। पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएका छ।