स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउनुहोस् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १९ २०७८
2.9K
SHARES

१९ माघ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले सोनाम ल्होसार पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पलना गर्दै चाड मनाउन आह्वान गरेका हुन् । ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

सदैव एकले अर्काको भाषा, धर्म, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउन आग्रह गरेका छन।