यस्तो निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
3.6K
SHARES

२६ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बुधबारको बैठकमा राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मन्च सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो ।

बिहीबारको बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरी अध्यक्षले जवाफ दिएपछि बैठक पनि सकिएको छ ।पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका सइगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकले मोर्चा सहगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सझावसहित पारित गरेको छ । साथै १४ बुँदे समसामयिक प्रस्तावहरूसमेत पारित गरिएको उनले बताए ।