यस कारण प्रधानन्यायाधीशमाथि महाभियोग लगायौं – नेता सिंह


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८
8.6K
SHARES

३० फागुन काठमाडौं ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले​ अहिलेको गठबन्धन रहर नभई परिस्थितिजन्य बाध्यता भएको बताएका छन्। राजधानीमा आयोजित काँग्रेसको एक महिने ‘घरघर जाऊँ काँग्रेस जिताऊँ’ अभियानअन्तर्गत आयोजित कार्यक्रममा नेता सिंहले तत्कालीन सरकाले गरेको असंवैधानिक काम रोक्न र संविधानलाई सही दिशामा ल्याउन गठबन्धन बनेको उल्लेख गरे।

उनले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु परेको पनि स्पष्ट पारे। जसले न्यायालयको नेतृत्व गरेको छ, उसको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान अनुसार सुधारको प्रयास थालिएको उनको भनाइ छ। उनले तत्कालीन सरकारले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको बताए।

उनले गठबन्धन सरकार चुनाव सम्म जानुपर्छ भन्ने विषय उठे पनि पार्टीभित्र यस विषयमा फरक मत रहेको स्पष्ट पारे। एक महिना गाउँ पुगेर जनताको सुझाव लिएपछि केन्द्रीय बैठक बसेर पार्टीले आवश्यक निर्णय लिने पनि उनले बताए।