आज सत्ता गठबन्धनको काठमाडौंमा चुनावी सभा
२३ वैशाख काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको आज काठमाडौंमा संयुक्त चुनावी सभा हुँदै छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको जनाइएको छ ।
दिउसो १ बजेदेखि काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा सभा हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले बताए ।
यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल र गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवारले पनि सम्बोधन गर्नेछन् ।
गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो । गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार (भोलि) जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गरिनेछ ।
स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ ।