एमाले र काँग्रेस कार्यकर्ताबीच झडप
२३ वैशाख काठमाडौं। सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्रसिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।