आमाबुवाले प्रकाशमानसँग बिहे गर्दिए त सिर्जनाको के दोष – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९
3.2K
SHARES

२३ वैशाख काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंजस्तो देशकै महत्वपूर्ण महानगरमा महिला उमेदवार बन्नु महत्वपूर्ण कुरा भएको बताएका छन् ।

शुक्रबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरिएको चुनावी गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनबाट प्रमुख पदका उमेदवार सिर्जना सिंहलाई प्रकाशमान सिंहको पत्नीको रूपमा बुझ्नु गलत भएको पनि बताए ।  सभापति देउवाले विद्यार्थी राजनीति हुँदै प्रजातन्त्र स्थापनाका लागि जेल जीवन बिताएकी सिर्जनाको राजनीतिमा योगदान गरेको बताए ।

“जेल परिन् दुख पाइन्, विद्यार्थी राजनीतिमा लागिन् । उहाँलाई प्रकाशमानको श्रिमती भन्छन् । आमाबुवाले प्रकाशमान सिंहसँग बिहे गदिएए त के गर्नु ? उनको के दोष,” देउवाले भने ।  टिकट वितरण गर्दा प्रकाशमान सिंहले आफूसँग स्वास्नी उठाएको भनेर प्रश्न उठ्ने भन्दै डराएको समेत देउवाले बताए ।

“प्रकाशमान डराएको थियो । के हो के हो स्वास्नी उठाएको भन्ने प्रश्न आउँछ भनेर,” देउवाले भने, “प्रकाशमानसँग बिहे गर्नु पाप हो भने उहाँले पाप गरिसक्नुभयो ।”