गठबन्धन विना मुलुकको विकाससमेत सम्भव छैन – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
2.8K
SHARES

२४ बुटवल वैशाख । आजनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन देशको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

कांग्रेसको नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनलाई टिकाउन पनि आफूहरुले अगाडि सारेका उमेदवारलाई जिताउन आवश्यक रहेको उनको भनाइ छ ।

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विना गठबन्धन मुलुकको विकाससमेत सम्भव नभएको बताए ।

“संविधान, लोकतन्त्र र स्थायित्वका लागि पनि गठबन्धन जोगाउन आवश्यक छ, गठबन्धनकै एजेन्डा कांग्रेस महाधिवेशनले स्वीकार गरेको हो,” सभापती देउवाले भने ।