बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९
2.9K
SHARES

१६ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले दुई भाषामा शपथ लिएका छन् । सोमबार शपथ ग्रहण गर्दै बालेनले नेपाली र नेपाल दुबै भाषामा सपथ लिएका हुन् ।  सोमबार राष्ट्रियसभा गृहमा निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेनलाई शपथ ग्रहण गराएका हुन् ।

बालेनलगायत नवनिर्वाचित उपमेयर सुनीता डंगोलले पनि नेपाल भाषामा सपथ लिएकी हुन् । उनलाई नवनिर्वाचित मेयर बालेनले शपथ ग्रहण गराएका हुन् ।

सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् । उनीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् ।