सत्ता गठबन्धन : चुनावी समीक्षा गर्न बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९
7.7K
SHARES

१६ जेठ काठमाडौं  । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बस्दै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बैठकमा चुनावी नतिजाको समीक्षा र आगामी रणनीतिको विषयमा छलफल हुने बुझिएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।