बुढीगण्डकी जलविद्युत् लागि कति बजेट हो ? बजेटमा उल्लेख भएन : एमाले


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
5.3K
SHARES

१७ जेठ काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद् विष्णु पौडेलले राष्ट्रिय गौरवको १ हजार २ सय मेगावटको बुढीगण्डकी आयोजनाका लागि बजेट कति हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेट माथीको सैद्धान्तिक छलफलमा बोल्दै उनले अन्य साना योजनाहरूका लागि बजेट यति भएर लेखिए पनि बुढीगण्डकी बनाउनेबाहेक अन्य विषय नलेखिएको बताए ।

“अरू साना कार्यक्रमका लागि यो शीर्षकमा यति छुट्याइएको छ । तर, बुढीगण्डकी नाम त उल्लेख गरिएको छ बजेट प्रस्ताव गरिएको छैन,” उनले भने । नगन्य साइजको बजेटले राष्ट्रिय गौरवको आयोजना सम्पन्न हुन नसक्ने बताए ।