यस कारण माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९
3.1K
SHARES

२० जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शुक्रबार साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

सांसदहरूलाई संसद्मा बस्नका लागि ह्विप जारी भएकाले आजको बैठक स्थगित भएको उनले बताए । “संसद्मा विभिन्न विधेयक पारितका लागि सांसद्हरूलाई ह्विप जारी भएको छ । त्यसले गर्दा बैठक बस्ने नभ्याइने भयो,” उनले भने ।  उनका अनुसार अर्को बैठक कहिले बस्ने भन्ने तय भएको छैन ।