अखिल (क्रान्तिकारी)को समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
6.6K
SHARES

२२ जेठ काठमाडौं। नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ। आइतबार बिहान पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए। पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत पोखरेलले जानकारी दिए।

लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ। यसै सन्दर्भमा शनिबार अखिल क्रान्तिकारीका नेताहरुले खुलमटारमा गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए।

अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह भएपछि पवन कार्की पक्षले विवाद निकालेको हो। संगठन विपरित गतिविधि गरेको भन्दै अध्यक्ष सिंहले कार्कीलाई स्पष्टीकरण समेत सोधकी थिइन्। कार्कीले स्पष्टीकरणको जवाफ नदिएर अटेर गरेका थिए। उल्टै संगठनको निर्णय विपरित आइतबार उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम राखेका थिए। त्यस्तै बैठकमा केन्द्रीय समितिको बैठक आगामी असार १५ मा आयोजना गर्नेबारे समेत छलफल भएको छ।