एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
3K
SHARES

२२ जेठ काठमाडौं। एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार आजको बैठक यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने उनको भनाइ थियो ।