माओवादी पार्टीहरू बीच एकता गरौं – विप्लव


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
5.7K
SHARES

२२ जेठ काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवले माओवादी धारबीच पार्टी एकता गर्नुपर्ने बताएका छन्। पत्रकार सम्मेलन गर्दै विप्लवले अब नयाँ ढंगले एकता र धुव्रिकरण अपरिहार्य रहेको बताएका हुन्।

विप्लवले भने, ‘सच्चा माओवादी बन्ने र देश र जनताको सेवा गर्ने सर्तमा विभाजित माओवादीबीच एकता आवश्यक छ,सवै रुपान्तरण भएर अघि वढ्न तयार भए माओवादी एकताको लागि हामी सधैं तयार छौं।’

वामपन्थी,देशभक्त,क्रान्तिकारी शक्तिहरु विभाजित र कमजोर हुँदा नेपालमाथि साम्राज्यवादी हस्तक्षेप तीव्र रुपमा वढ्दो बढेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न देशभक्त,वामपन्थी शक्तिहरु एकतावद्ध हुनु पर्नेमा उनले जोड दिए।

आगामी असोज १ देखि सुरु हुने पार्टीको नवौं महाधिवेशनमा वृहत कम्युनिष्ट केन्द्र निर्माण गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने वारे विशेष वहस गरिने उनले बताए।