भ्रमकोपछि नलाग्न सबैमा अपिल गर्दछु – नेता कार्की


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
14.2K
SHARES

२२जेठ काठमाडौ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) का नेता पबन कार्कीले अनलाइन मिडियाहरुमा आएको कार्वाही भन्ने समाचार झुठो भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी भन्छु , `  मेरा विषयमा केही अनलाइन मिडिया र सामाजिक संजालमा आएका कार्वाहीको बिषय नित्तान्त भ्रामक र गलत प्रचार हुन् ।

पार्टी र अध्यक्ष कमरेड प्रचण्डको निर्णय र निर्देशन विपरित संगठनको सामान्य गोपनियताको समेत उल्लंघन गरि गोप्य स्पष्टीकरण र मान्युट मिडियामा सार्बजनिक गर्नेहरुको हिसाब किताब हुनेनै छ ।भ्रामक प्रचारको पछि नलाग्न सबैमा अपिल गर्दछु ।´