सडक फराकिलो पार्न खर्च गरौं – सांसद रावल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
2.3K
SHARES

२४ जेठ काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै संसारका विभिन्न देशले कालो सूची राखेको कम्पनीलाई एम्बोस्ड नम्बर राख्न ठेक्का दिनु अर्को शंकास्पद रहेको बताएका हुन्।

उनले एम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको पनि उल्लंघन गरेको बताए। नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कम्जोर समेत रहेको उनको भनाइ छ। पछिल्लो एक वर्षमा चार हजार सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उनले बताए।

भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताए। उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताए। उनले भौतिक पूर्वाधार मन्त्रालयले एकै ठाउँमा सुरुङमार्ग बनाउनका लागि धेरै रकम छुट्याएको बताउँदै भौतिक पूर्वाधार मन्त्रालयको आलोचना गरे।

यस्तै, उनले यस वर्षको बजेट विनियोजन एकदमै अव्यवहारिक र एकपक्षीय रहेको बताए। नेता तथा पहुचवलाहरुको क्षेत्रमा सडक निर्माण, सुरुङ निर्माण एकै ठाउँमा थुपारिएको तर अन्य क्षेत्रमा बजेट नै भएको बताए।