सबैको मन खुशी हुनेगरी निर्णयमा पुगौ – अध्यक्ष साकार


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
4.3K
SHARES

२५ जेठ गोरखा। गण्डकी गाउँपालिकाको केन्द्र सार्ने विषयमा फेरि विवाद देखिएको छ । अघिल्लो कार्यकालदेखि नै केन्द्रको विषयमा गण्डकीमा विवाद हुँदै आएको छ ।

हालै सम्पन्न निर्वाचनबाट आएको नेतृत्वले केन्द्र सार्ने प्रस्ताव मंगलबारको गाउँसभा बैठकमा पेश गर्न खोजेपछि नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।

यसै सन्दर्भमै गाउपालिका अध्यक्ष दिपक तिमिल्सेना साकारले सबैलाई खुशीहुने गरि निर्णय गर्नमा सबै लाग्नुपर्ने बताएका छन । आफ्नो सामाजिक सन्जालमा उनले यस्तो लेखेका छन – हाम्रो गाउँपालिकाको केन्द्रको बारेमा भएको बहस ले एउटा निकास दिनै पर्छ आदरणीय मकैसिङबासि ,ताङिलचोकबासी ,फुजेलबासी,दर्बुङ्बासी,भुङिलचोकबासी र घ्याल्चोकबासी सबैको मन खुशी हुनेगरी निर्णयमा पुगौ सुझावको लागि सबैमा अनुरोध छ।