सांसद डिला संग्रौलाको प्रश्न – सरकार कहाँ छ ?
२६ जेठ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकै सांसद डिला संग्रौलाले सरकार कहाँ छ भन्दै संसद्मा प्रश्न उठाएकी छन् । जनताका लागि कोही पनि नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद संग्रौलाले सरकारले जिम्मेवार र वफादार नभएको विषय उठाएकी हुन् ।
यस्तो छ संग्रौलाले प्रस्तुत गरेको कविता
नयाँ शैक्षिक सत्र सुरु भयो,
विद्यार्थीलाई पाठ्यपुस्तक छैन
किसानलाई खेती गर्ने बेला,
मल छैन ।
महंगीले ढाड सेक्यो,
नागरिकलाई बाच्ने आधार छैन
फोहोरमाथि राजनीति हुन्छ, ढुंगा मुढा हुन्छ,
स्वच्छ वातावारण छैन ।।
हत्या हिंसा बलात्कारले अस्मिता लुटिन्छ,
न्याय पाउने आशा छैन
रोजगारीकै लागि विदेशिनुपर्ने, विप्रेषणले देश चल्ने
तर उनकै लागि राज्यले केही नसोच्ने कस्तो विडम्बना ।।
सरकार कहाँ छ, जिम्मेवार र बफादार बन्नुपर्दैन ?