मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
2.4K
SHARES

२७ जेठ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

“प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन गर्नुभएको छ,” सचिवालयले दिएको जानकारीमा उल्लेख गरिएको छ ।