फोहोर व्यवस्थापनको जिम्मा मलाई दिइयोस् – सांसद मानन्धर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
2.7K
SHARES

२७ जेठ काठमाडौं ।  नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् । उनले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै संसदले आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए ।

“फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरको लागि म पनि आकांक्षी थिएँ, हुन सकिन । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् । फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हुँ समिति बनाओस् । यो व्यवस्थापन मैले गर्न सक्छ,” संसदको बैठकमा उनले भने ।