एमाले बाहेकले मुलुक समृद्ध बनाउन सक्दैनन् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २८ २०७९
2.5K
SHARES

२८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने जिकिर गरेका छन् । एमालेबाहेक अरू दलले मुलुकलाई समृद्ध बनाउन नसक्ने उनको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अरू शक्तिले नसक्ने उनले बताए ।