एमाले सचिवालय बैठक सुरु


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
1.6K
SHARES

३० जेठ काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता तथा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमालेले पार्टीबाट निर्र्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण पनि दिँदै छ । सोही विषयमा पनि छलफलको एजेन्डा राखिएको छ ।