नेता भूसालमाथि कारबाहीको सिफारिस अनुमोदन
३१ जेठ, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।
मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । ‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारबाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सचिवालय सदस्यले भने ।
१८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए । तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।