रबि लामिछाने राजनीतिमा प्रवेश गर्दै
२ असार काठमाडौं । चर्चित टेलिभिजनका कार्यक्रम सीधा कुराका सञ्चालक रवि लामिछानेले पत्रकारिताबाट बिदा लिएका छन् । उनले पूर्णकालीन राजनीतिमा लाग्ने भन्दै ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका हुन् ।
“मेरो टेलिभिजनबाट औपचारिक बिदाइ भयो । स्कृनमा भरे ह्याण्डओभर हुँदैछ, स्कृनबाट त्यही कार्यक्रमबाटै बिदा लिनेछु,” लामिछानेले बाह्रखरीसँग भने, “अब म पूर्णकालीन राजनीतिमै लाग्नेछु ।” उनले राजनीतिमा लाग्दै गर्दा कुनै पार्टीमा आवद्ध हुने वा स्वतन्त्र भूमिकामा भन्ने विषयमा अझै निधो गरिनकेको बताए ।
“हामी आगामी सात गते सभागृहमा प्रोग्राम गर्दैछौँ, सबै कुरा त्यहीँबाट घोषणा गर्नेछौ,” लामिछानेले भने लामिछाने काठमाडौं १ या ३ बाट चुनाव लड्ने तयारीमा लागेको बताइएको छ ।