गठबन्धन संसदीय निर्वाचनसम्मै निरन्तरता दिन्छौँ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
2K
SHARES

५ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् ।

आइतबार सम्पादहरूसँगको संवादमा उनले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर छलफल भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए उनले पार्टीमा बैठकमा गठबन्धन भन्दा संगठन विस्तारमा ध्यानदिनुपर्ने पक्षमा आफूले निर्देशन दिएको बताए ।

“हामीले पार्टीमा गठबन्धनको गीत गाउन बन्द गर्नुस् भनेका छौँ  । संगठनको बिस्तारमा लाग्नुस् । टोलसम्म पुर्‍याउने संगठन पुर्‍याउने काममा लाग्नुस् भनेका छौँ,” उनले भने, “निर्वाचनमा कति मत पायौँ भनेर विश्लेषण गरिरहेका छौँ । गठबन्धनकै कारण महानगर पनि जितेका हौँ ।”