मन्त्री आलेको बारेमा अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया
५ असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बोल्दाखेरि होस पुर्याउनुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले बोल्ने विषयमा सचेत नहुँदा चोट पाएपछि हैरानी खेप्नुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका बारेमा उनलाई प्रश्न गरिएको थियो । “पर्यटनमन्त्रीबारे सोध्नुभयो, मान्छेबारे सोध्दा गाह्रो हुन्छ,” उनले भने, “बोल्दाखेरि विचार गर्नुपर्छ । जिब्रो कस्तो हुन्छ भने, बोलेपछि चोट खाएपछि हैरान भएको छ ।”