अखिल (क्रान्तिकारी)को बैठकमा प्रहरी परिचालन


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
5.5K
SHARES

५ असार काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक चलाउन प्रहरी परिचालन गरिएको छ। आइतबार काठमाडौंको तीनकुनेमा बस्न लागेको बैठकमा होहल्ला र जुम बैठकबाट चयन गरिएको पदाधिकारी खारेजी र फ्यार्क्सन इन्चार्ज रहेका हितमान शाक्यको राजीनामा माग गर्दै अहिले नाराबाजी भएपछि प्रहरी लगाएर बैठक गर्न खोजिएको हो।

अहिले प्रहरीले हल खाली गरिरहेको एक नेताले जानकारी ‘विस्तारित बैठकमा संगठनको विवाद समाधान नगरिएको, विधि अनुसार नचलेको भन्दै बैठकमा होहल्ला भएको छ,’ एक नेताले भने, ‘अहिले प्रहरी बोलाइएको छ र प्रहरीले हल खाली गराइरहेको छ, प्रहरीकै रोहबरमा बैठक गर्ने तयारी छ।’